
गर्भिणी गाई चोरी काटेर खाएको आरोपमा ४ जना पक्राउ
काठमाडौं- झापामा गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाई चोरेर काटेर खाएको आरोपमा प्रहरीले ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेम बहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका- ४ बस्ने गिता श्रेष्ठ रहेका छन् ।
गत भदौ १८ गते रातको समयमा झापा दमक नगरपालिका- २ बस्ने लछुमन विष्टको वडा नं. १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो ।
उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगि काटेर मासु लगेको उजुरीका आधारमा अनुसन्धानका क्रममा संलग्नता खेलेपछि चार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।



कागजपत्र |
