टयाक्टरको ठक्करबाट विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु


महोत्तरी-  गौशालाको ईटाटारमा टयाक्टर दुर्घटनामा परि एक छात्राको मृत्यु भएको छ । आइतबार गौशाला नगरपालिका -३ ईटाटारमा टयाक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोको ९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

बालिका स्थानीय जनता आधारभुत विद्यालय ईटाटारमा कक्षा ३ अध्ययनरत थिइन् । आइतबार बिहान साइकलमा चढेर विद्यालय आउँदै गर्दा बालिकाको मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु साहले बताए ।

टयाक्टर चालक फरार रहेको र शवको पोस्टमार्टमको लागि पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया