कैलालीमा ‘ग्याङ फाइट’, तीनजना घाइते


कैलाली- कैलालीमा चार जना युवकबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन् ।

गएराति साढे ११ बजेकोे समयमा जिल्ला घोडाघोडी नगरपालीका–४ को रामपुरमा कुटाकुट भएको हो । सोही ठाउँ बस्ने २२ वर्षीय गजेन्द्र साउदसहितका चार जनाबीच कुटाकुट भएको बताइएको छ ।

कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडा बस्ने २३ वर्षीय कुबेर शाही घाइते भएका छन् । उनीहरुमध्ये रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तीनै जनाको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने अमिर ठगुन्ना भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया