मणिपुरमा हिंसा भड्किँदा पाँचको ज्यान गयो


नयाँ दिल्ली- पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ ।

भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको घरमा आक्रमणको भोलिपल्ट शनिबार फेरि हिंसा भड्किएको हो ।

मणिपुरको जिरिवाम जिल्लामा शनिबार बिहान भएका छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको ज्यान गुमेको हो ।

इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा पनि भीडले आक्रमण गरेको छ । सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पहिलो घटना जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा जिरिवाममा भएको हो ।

संदिग्ध पहाडी लडाकुले घरमा घुसेर सुतिरहेका कुलेन्द्र सिंह नामका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन् ।

वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो जसमा ४ जनाको मृत्यु भएको छ ।

बिहानैदेखि उक्त क्षेत्रमा लगातार गोली चलेको खबर छ ।

प्रतिक्रिया