बैतडीमा गौरा मेलामा झडप हुँदा सेनामा कार्यरत बिष्टसहित दुईजना घाइते, तीन पक्राउ


बैतडी-  बैतडीमा गौरा पर्वको मेलामा दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।  घाइते हुनेमा दोगडाकेदार गाउँपालिका-४ श्रीकेदार घर भइ नेपाली सेनाको गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन् ।

बिहिवार  दोगडाकेदार गाउँपालिका–४ लटैनाथ मन्दिरमा लागेको गौरा पर्वको मेलामा झडप भएकाे थियाे ।

झडपमा परेर बिष्टको टाउकोमा चोट लागेको छ। उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष तर्कराज भट्टले बताए। यस्तै सुरजको मुखमा चोट लागेको छ । दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी पठाइएकाे वडा अध्यक्ष भट्टले जानकारी दिए।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दोगडाकेदार गाउँपालिका-५ गोबडाका किरन चन्द, रोशन चन्द र सञ्जय चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

पक्राउ परेका तीनैजना इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा रहेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

 

प्रतिक्रिया