नेकपा एस पोलिटब्यूरो सदस्यमा ८४ विजयी, कसले कति मत ल्याए ?
काठमाडौं – नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ । पोलिटब्युरोमा सबैभन्दा धेरै मत विरोध खतिवडाले पाएका छन् । उनले २०१ मत पाएका छन् ।
एकीकृत समाजवादीले बुधबार पदाधिकारी चयन गरेको थियो । बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम पनि सार्वजनिक भएको हो ।
पोलिटब्युरो सदस्यमा विरोध खतिवडासँगै जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, वानीप्रसाद खापुङ्ग लगायत विजयी भएका छन् ।
यसैगरी अन्यमा डा. वंशीधर मिश्र, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली लगायत छन् ।
पोलिटब्युरोमा निर्वाचित रामकुमार झाँक्री उपाध्यक्ष र जीवनराम श्रेष्ठ उपमहासचिवमा पराजित भएका थिए ।
अम्बिका थापा १०७ मत पाएर पोलिटब्युरो सदस्यमा निर्वाचित भएकी छन् ।
प्राप्त मत परिणामः