

भोलिदेखि पठाओ चल्न दिँदैनौँ, लुकेर चलाउँछन् भने बेग्लै कुरा हो : ट्राफिक प्रहरी महाशाखा

काठमाडौं – मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको पठाओ माथि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट नै टिप्पणी आएकोछ । पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै महाशाखाले भोलि (बुधबार)देखि पठाओ सेवा सञ्चालन हुन नदिने जनाएको छ ।
काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ ।
ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने, ‘लुकेर चलाउँछन् भने बेग्लै कुरा हो । अन्यथा, चल्न दिँदैनौँ । सडकमा देखेमा कारबाही गर्छौँ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ ।’

