

पठाओको सेवा बन्द, यस्तो छ वास्तविकता !

काठमाडौं – राइड सेयर सेवा पठाओको सेवा अवरुद्ध भएको छ। विवादमा आएपछि पठाओले फेसबुक पेजमार्फत जानकारी दिँदै आफ्नो सेवा अवरुद्ध भएको जानकारी गराएको हो।
‘केही प्राविधिक समस्या देखिएको कारणले हाम्रो सेवा अवरुद्ध भएको छ,’ पठाओ कम्पपनीले जनाएको छ।
सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका थिए। आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेका हुन्।
त्यस विषयमाथि छलफल भइरहेको पठाओले जनाएको छ। नेपाल प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल जारी राखेको छ।

