दुई जना किशोरीलाई जबरजस्ती करणी गरेकाे अभियोगमा जोसन राई पक्राउ


काठमाडौं- मोरङमा दुई जना किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभियोगमा बेलबारी नगरपालिका-४ बस्ने ३५ वर्षीय जोसन राई रहेका छन् । राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

राईले १६  र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।  ती किशोरीहरूमाथि जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा राईलाई  इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया