सोलुखुम्बुको खुम्बु क्षेत्रमा भीषण बाढी, हिमताल फुटेको आशंका


काठमाडौं- सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।

खुम्बु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्‍याएको  जानकारी दिए ।

प्रारम्भिक विवरण अनुसार धनमालको क्षति भएपनि हालसम्म मानवीय क्षतिको जानकारी छैन । स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो । तर यति ठूलो बाढी आउने अवस्था थिएन ।

त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ । लेदोसहितको बाढीले घर टहरा पुरेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ ।

प्रतिक्रिया