यी हुन् चलचित्र विकास बोर्ड अध्यक्षका ६ आकांक्षीहरू, कस्को सम्भावना कति ?


काठमाडौं — चलचित्र विकास बोर्डको अध्यक्षको प्रतिस्पर्धामा ६ जना उत्रिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही साउन १६ गते प्रकाशित गरेको सूचनाअनुसार अन्तिम दिनसम्ममा ६ जनाले दरखास्त दिएको जनाइएको छ ।

मन्त्रालयका अनुसार फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेतले आवेदन दिएका हुन् । त्यस्तै दिनेशराज दाहाल (डीसी), राजेश थापा र अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएका छन् ।

मन्त्रालयको छनोट समितिले आवेदन फारम रुजु गरिसकेपछि उम्मेदवारको अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतिको तालिका प्रकाशन हुनेछ । सिफारिस समितिले बढीमा तीनजनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले गर्ने सिफारिसको आधारमा कुनै एक जनालाई मन्त्रिपरिषद्ले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

चलचित्र क्षेत्रमा विगत लामोसमयदेखि एक छत्र राज जमाउँदै आएकी अभिनेत्री करिश्मा मानन्धरको सम्भावना बढी रहेको जनाइए पनि सञ्चारकर्मी समेत रहेका दिनेश डिसी पनि बलियो प्रतिस्पर्धी रहेको जनाइएको छ ।

प्रतिक्रिया