महँगा गाडी र कृषि उपजको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा


काठमाडौं – गत वर्ष चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा सञ्चितिका लागि भन्दै महँगा सवारी र कृषि उपजको आयातमा गरिएको कडाई हटाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । उक्त निर्णयको सूचना सोमबारको राजपत्रमा प्रकाशित भएको छ ।

२०७६ चैत २४ को प्रकाशित राजपत्रको सूचनाले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन सँगै केराउ, मरिच, सुपारी र छोकडाजस्ता वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । केराउ, मरिच, सुपारी र छोकडा आयातमा भने केही दिन अघि फुकुवा गरेको थियो ।

मुलुकमा कोभिड महामारी सुरु भएपछि महँगा सवारी र कृषि उपजको आयातमा रोक लगाएको थियो ।

प्रतिक्रिया