वैदेशिक रोजगार विभागका कर्मचारी बलात्कार आरोपमा पक्राउ


काठमाडौँ – प्रहरीले बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका एकजना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुब्बा घले रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनलाई कालीमाटीबाट पक्राउ गरिएको हो ।

आरोपीले महिलालाई बलात्कार गरेको आरोप छ । उनी विभागमा करारमा कार्यरत रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

प्रतिक्रिया