बंगलादेशमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ भोलि


काठमाडौं – बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले भोलि शपथ ग्रहण गर्ने भएका छन् ।

बंगलादेशका सेना प्रमुख जनरल वाकर जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषदले भोलि शपथ लिने बताएका छन् ।

बुधबार अपराह्न पत्रकार सम्मेलन गर्दै उनले सम्भवतः भोलि बेलुकी ८ बजे सपथ ग्रहण हुने बताएको बंगलादेशको अखबार द डेली स्टारले लेखेको छ । उनले सल्लाहकार परिषद् सम्भवतः १५ सदस्यीय हुने भनेका छन् । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बंगलादेशको परिस्थिति सामान्य हुने पनि बताएका छन् । यो अवधिमा अपराधमा संलग्नहरुलाई नछाडिने र कारबाही हुने समेत उनले बताएका छन् ।

 

प्रतिक्रिया