बंगलादेशमा भएको हिंसात्मक झडपमा आज २० जनाको मृत्यु


काठमाडौं – बंगलादेशको राजधानी ढाकामा आज भएको हिंसात्मक झडपमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

ढाका मेडिकल कलेज अस्पतालका प्रहरी निरीक्षक बच्चु मियाले समाचार एजेन्सी एएफपीलाई आज अस्पतालमा २० शव थप भएको जानकारी दिएका छन् ।

मृतकको संख्या स्वतन्त्ररूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया