विमानस्थलबाटै पक्राउ परे भागेर भारत जान लागेका बंगलादेशका मन्त्री


काठमाडौं – बंगलादेशका दूरसञ्चार तथा सूचना प्रविधिमन्त्री जुनैद अहमद पलक पक्राउ परेका छन् ।

उनलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

ढाका ट्रिब्युनका अनुसार पलक भागेर भारतको नयाँ दिल्ली जान खोज्दै थिए ।

उनलाई विमानस्थलमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।

यसअघि, सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर शेख हसिना भारत आएकी थिइन् ।

प्रतिक्रिया