प्रतिबन्धित भारतीय रूपैयाँसहित एक जना पक्राउ


पर्सा – वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी जम्मा २ लाख १९ हजार भारतीय रूपैयाँ सहित भारत पूर्वी चम्पारण बिहार मोतिहारी घोडासाहन बस्ने २९ वर्षीय अनिल कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई स्रोत समेत नखुलेको उक्त भारतीय रूपैयाँ सहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया