विवाहित विद्यार्थीलाई ‘बिहे गर्छु’ भन्दा प्राध्यापकको हत्या


काठमाडौं– प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज बिष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति १७ वर्षपछि पक्राउ परेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घट्नामा संलग्न मध्य रञ्जन खड्का प्रमुख व्यक्ति रहेको र लामो समयदेखि भारतमा लुकेर बस्दै आएको खुलेकाे छ ।  प्राध्यापक विष्टले सविता थापा अधिकारीलाई विवाह गर्न बारम्बार दबाब दिएपछि सविताको योजनामा रञ्जन खड्का, विनोद थापा, राजीव पाण्डेको संलग्नतामा विष्टको हत्या भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराइले जानकारी दिए ।

विष्टले सवितालाई जिस्काएर विवाह गर्न दबाब दिने गरेका थिए । तर सविताले आफू विवाहित रहेको भन्दै अस्वीकार गर्दै आए पनि उनले हैरान बनाउन नछाडे भाइ विनोदलाई भनेकी थिइन् ।

विवाहित दिदीलाई हैरान बनाएको खुलेपछि धादिङ गंगाजमुना गाएँपालिका–७ घर भएका विनोद थापाले रञ्जन र राजीवसँग  हत्याको योजना बनाएका थिए । योजना अनुसार सविताले प्राध्यापक विष्टलाई शंखमुलमा भेट्न बोलाएका थिए ।

त्यसपछि वि नोद लगायतका व्यक्तिहरू प्राध्यापक  बिष्टलाई रड र इट्टा लगायतले हानेर घाइते बनाएका थिए । पछि उनको उपचारकोक्रममा मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले यसअघि विनोद थापा, राजीव पाण्डे  र सविता थापा अधिकारीलाई पक्राउ गरेको थियो । सविता २०८० चैतमा पक्राउ परेर धरौटीमा छुटेकी छन् भने  विनोद  जेल सजाय काटेर २०७९ असोज ३ मा रिहा भएका छन् । अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् ।

 

प्रतिक्रिया