


जनकपुरबाट काठमाडौं उड्न लागेको यतीको जहाजमा समस्या, उतै राेकियाे

काठमाडाैं- जनकपुरधामस्थित जनकपुर विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजमा गडबडी देखिएपछि उडान रोकिएको छ ।
दिउँसो साढे १ बजे काठमाडौं उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएको यती एयरलाइन्सका कर्मचारी सुदीप महतोले बताए । उनले जहाज मर्मतका लागि काठमाडौंबाट इन्जिनियर आउन लागेको जानकारी दिए ।
जहाज बिग्रेपछि यात्रु अलपत्र परेका छन् ।

