

एसएसपीद्वय बज्राचार्य र सिंहमाथि अख्तियारद्वारा छानबिन

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय किरण बज्राचार्य र पुजा सिंहमाथि छानविन गरिरहेको छ।
उनीहरुले आर्थिक अनियमितता गरेपछि आयोगले छानबिन गरेको हो। एसएसपीद्वय बज्राचार्य र सिंहविरुद्ध परेको उजुरमाथि छानबिन भइरहेको अख्तियारका प्रवक्ता नारायण रिसालले जानकारी दिए। ‘उहाँहरु विरुद्ध परेको उजुरीको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको छ,’ उनले भने।
बज्राचार्य अहिले महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख छिन् भने सिंह प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत छिन्।

