मन्त्री ढकालद्वारा त्रिभुवन विमानस्थलको अनुगमन, यात्रुले गरे गुनासो, कमिकमजोरी सुधार्न दिए यस्तो निर्देशन


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल आइतबार त्रिभुवन विमानस्थलको अनुगमनमा पुगेका छन् ।

विमानस्थलमा जारी भौतिक पूर्वाधार निर्माणको कामबारे बुझ्न मन्त्री ढकाल विमानस्थल पूगेका हुन् । त्यसक्रममा यात्रुले निर्माणको काम गर्दा व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो गरेका थिए ।

मन्त्री ढकालले यस्तो काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । मन्त्री ढकालको सचिवालयका अनुसार मन्त्रीले यस क्रममा देखिएका कमिकमजोरी सुधार गर्न निर्देशन दिँदै ७ दिनपछि आफू पुनः विमानस्थलमा आउने बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिले यात्रु कम भएको समयको मौका छोपी विमानस्थलमा पूर्वाधार निर्माण तथा मर्मतको काम भइरहेको छ ।

 

प्रतिक्रिया