नाबालिकालाई अश्लिल भिडियो पठाई ‘ब्ल्याकमेल’ गर्ने पक्राउ


काठमाडौं– नाबालिकालाई अश्लिल भिडियो पठाई ‘ब्ल्याकमेल’ गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौं महानगरपालिका–२८ बस्दै आएका २० वर्षीय मोहम्मद जे एच अजवान छन् ।
साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले एक नाबालिकालाई फेसबुकमा साथी बनाएर अश्लिल फोटो तथा भिडियो पठाउने गरेको खुलेको छ ।
त्यसपछि पीडितलाई पनि सोही क्रियाकलाप गर्न लगाएर भिडियो रेकर्ड गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिदै आएको खुलेको छ ।

प्रतिक्रिया