इजरायलले लग्ने भनेको ‘केयर गिभरकाे ’काम के हो ? को–को जान पाउँछन् ?


काठमाडाैं- इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारी दिन सहमति जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो।

हाल छनोटका चरणमा रहेका पाँच सयजना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कुल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो संख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयर गिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारेसमेत छलफल भएको थियो ।

इजरायलमा केयर गिभरको काम अशक्ति, वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नु हो । २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरी केयर गिभरको तालिम प्राप्त भएकाले आवेदन दिन पाउने छन् ।

 

प्रतिक्रिया