को थिए हत्या गरिएका पूर्वराज्यमन्त्रीको घरमा बास बसेका तीनजना ?


काठमाडौ – सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे प्रहरी अनुसन्धान जारी छ । ८० वर्षीय रायको हत्या अनुसन्धानका क्रममा प्रहरीले १५ जना बढीसँग सोधपुछ समेत गरेको छ ।
हत्यामा संलग्न आशंकामा नजिकका आफन्तदेखि अन्यलाई सोधपुछ गरिएको हो ।
पूर्वराज्यमन्त्री राय साउन हिजो आफ्नै घरमा मृत भेटिएका थिए । धारिलो हतियार प्रहारबाट उनको हत्या भएको खुलेको छ । उनका रतनपुरमै उनका ३ वटा घर छन् ।
राय सहयोगीको साथमा छुट्टै बस्दै आएका थिए ।
सहयोगीको रूपमा कार्यरत २१ वर्षीय रायलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सहयोगीले राति घरमा ३ जना मानिसहरू आएको प्रहरीलाई बताएका छन् । प्रहरीसँगको बयानमा उनले साढे ९ बजेतिर ३ जना आएको र घरमै बस्ने भनेपछि ओछ्यान मिलाइदिएँको बताएका छन् ।
तर उनीहरुको पहिचान भने हुन सकेको छैन् ।
उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्पत्तीकै विषयमा उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ ।

 

प्रतिक्रिया