
५.४ ओभर २१ रन दिएर ७ विकेट चट्काउँदै विश्व रेकर्ड
काठमाडाैं- स्कटल्यान्डका बलर चार्ली क्यासेलले डेब्यू खेलमा उत्कृष्ट बलिङ प्रदर्शनको नयाँ कीर्तिमान बनाएका छन् । ओमानविरुद्धको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा उनले सो कीर्तिमान बनाएका हुन् ।
खेलमा उनले ५.४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चेर ७ विकेट हात पारेका छन् । याेसँगै उनले क्रिकेटकाे दुनियाँमा नयाँ रेकर्ड कायम गरेका छन् ।
यसअघि सन् २०१५ को जुलाईमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले बंगलादेशविरुद्धको आफ्नो डेब्यू खेलमा १६ रन खर्चेर ५ विकेट लिएका थिए ।



कागजपत्र |
