कलाकार हरिवंश आचार्य अस्पताल भर्ना
काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । मोरङको विराटनगरमा रहेका उनलाई समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
आचार्यलाई भेट्न कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पनि अस्पताल पुगेका छन् ।
उनको अवस्था सामान्य रहेको बताइएको छ ।