युगान्डाकी गायिका फाम्सीले ‘फूलबुट्टे सारी’को कभर निकालिन्, अनुमति नदिएका सिवाकोटी खुशी! (भिडिओ)


काठमाडौं– युगान्डाकी गायिका  गायिका डे क्याप्टेन वियोन्से फाम्सीले राजनराज सिवाकोटीको गीत ‘फूलबुट्टे सारी’को कभर भर्सनको भिडिओ बनाएकी छन्।

मदन कृष्ण श्रेष्ठले फाम्सीको प्रशंशा गरेका छन्। उनले लेखेका छन्,‘कति राम्रो, कति मिठो, राम्री पनि कति । सुहाएको पनि उस्तै। नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन ।’

गीतका सर्जक सिवाकोटीसँग अनुमति नलिए पनि उनी खुशी छन्। विदेशीले नेपाली गीत गाउँदा खुशी भएको प्रतिक्रिया उनले दिएका छन्।

प्रतिक्रिया