

कञ्चनपुरकै गृहमन्त्री,पत्ता लाग्ला त निर्मलाका हत्यारा ?

काठमाडौं–नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बनेका छन् । कञ्चनपुर घर भएका लेखकलाई पहिलो चुनौती बाल्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउनु हुनेछ ।
यसअघि निर्मला हत्याकाण्डमा सरकार उदासिन रहेको आरोप लगाउँदै आएका लेखक आफै गृहमन्त्री बनेका छन् ।
अपराध अनुसन्धान गर्ने सुरक्षा निकाय उनकै नेतृत्वमा हुनेछ ।
०७५ साउन ११ गते निर्मलाको शव भीमदत्त नगरपालिकाको एक उखुबारीमा फेला परेको थियो ।
तर अहिलेसम्म हत्यारा पत्ता लागेको छैन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोली सुरुवातदेखि नै अनुसन्धानमा सक्रिय छ ।
तर अपराधीसम्म पुग्ने क्लु फेला पार्न प्रहरी असफल छ ।
यो घटनामा हालसम्म प्रहरीले सयौंको डीएनए परीक्षण समेत गरिसकेको छ ।
निर्मला प्रकरणमा प्रहरी अनुसन्धान समेत विवादमा परेको थियो ।

