नवनियुक्त प्रधानमन्त्री ओलीः विगतदेखि वर्तमान


नवनियुक्त प्रधानमन्त्री ओलीको यस्तो छ राजनीतिक यात्रा

जन्म: विसं २००८ फागुन ११ गते, तेह्रथुम

बुवा: मोहनप्रसाद ओली

आमा: मधुमाया ओली

२०२०: झापामा बसाइँसराइ

२०२३: माक्र्सवादी अध्ययन दलमा सङ्गठित

२०२५ः पूर्णकालीन राजनीतिक कार्यकर्ताको जिम्मेवारीमा राजनीतिक अभियानमा संलग्न

२०२६ माघ: नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त । पहिलो पटक झापाबाटै गिरफ्तार । त्यसपछि २०३० सम्ममा १० पटक गिरफ्तारी र रिहाइ ।

२०२७ जेठ ९ गते: पूर्णकालीन नेताका रूपमा आन्दोलन परिचालनका लागि भूमिगत राजनीतिक जीवन प्रारम्भ

२०२८: झापा आन्दोलन सङ्गठन कमिटीको प्रमुखमा मनोनीत ।

२०३० असोज २३ गते: पञ्चायती सत्ताबाट राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न आरोपमा गिरफ्तार, चार वर्ष गोलघरसहित १४ वर्ष जेल सजाय ।

२०३५ पुस ११ गते: जेलमा रहँदै गठित नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) को संस्थापक नेता ।

२०४४ असार ११ गते: जेलबाट रिहा

पुस २ गते बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन । लुम्बिनी अञ्चलको इन्चार्जको जिम्मेवारी ।

२०४७ जेठ १ गते: पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष ।

२०४७ पुस २२: नेकपा (माले) र नेकपा (माक्र्सवादी) बिच एकीकरण, नेकपा (एमाले) को संस्थापक केन्द्रीय सदस्य ।

२०४८: बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आमनिर्वाचनमा झापा क्षेत्र नं. ६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित ।

२०४९: केन्द्रीय विदेश विभागको प्रमुखको जिम्मेवारी ।

२०५०: केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारीसहित एमाले पोलिटब्युरो सदस्य निर्वाचित

२०५१: मध्यावधि निर्वाचनमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित ।

२०५१–२०५२: मङ्सिर १४ गते कम्युनिस्ट पार्टीको पहिलो प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री ।

२०५१: एमाले संसदीय विभागको प्रमुख ।

२०५४: एमालेको छैटौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनीतिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान ।

२०५६: झापा क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।

२०५६–२०५९: प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको उपनेता ।

२०५७ देखि अहिलेसम्म: आफ्रो–एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजे सन (एएपिएसओ) नेपालका अध्यक्ष

२०५९ माघ: एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतन्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि स्थगित । स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुनः निर्वाचित ।

२०६३ वैशाख–चैत: प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पुनस्र्थापित संसद्बाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त ।

२०६४: पहिलो संविधान सभाको निर्वाचनमा पराजित ।

२०६५–६६: एमालेको केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख ।

२०६५: फागुनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतन्त्रीकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्याशी । तत्कालीन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा निर्वाचित ।

२०७० मङ्सिर: झापा क्षेत्र नं. ७ बाट संविधान सभा सदस्यमा निर्वाचित ।

२०७० माघ २१ गते: तत्कालीन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधान सभा तथा व्यवस्थापिका संसद्को दलका नेतामा निर्वाचित ।

२०७१ साउन १ गते: नवौँ राष्ट्रिय महाधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।

२०७२ असोज २४ गते: व्यवस्थापिक संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित ।

२०७३ साउन ९ गते: व्यवस्थापिका संसद्मा सम्बोधनपछि प्रधानमन्त्री पदबाट राजीनामा ।

२०७३ साउन २० गते: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता हस्तान्तरण ।

२०७४: मङ्सिरमा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित । एमाले संसदीय दलको नेता चयन ।

२०७४ फागुन ३ गते: तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औँ प्रधानमन्त्रीको शपथग्रहण ।

२०७८ मङ्सिर १० मा सुरु भई १४ गते सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ।

२०७९ मङ्सिर ८ गते: झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित । एमाले संसदीय दलको नेता चयन ।

२०८१ असार ३० गते: प्रधानमन्त्री नियुक्त ।

प्रतिक्रिया