कैलालीमा मृत भेटिए बेलायती नागरिक स्टेफन


कैलाली – कैलालीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा बेलायतका ६५ वर्षीय स्टेफन गोर मृत भेटिएका हुन् ।

कैलाली प्रहरीका अनुसार गोर गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए ।

बिहीबार राति करिब साढे ९ बजेको समयमा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी भित्रबाट ढोकाको चुक्कुल लगाएर सुतिरहेका थिए । लामो समयसम्म ढोका नखुलेपछि, त्यही ठाउँमा बस्दै आएकी भारतको तामिलनाडु घर भई नेपाली मूलकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी पर्यटक भिसामा नेपाल आएको खुलेको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया