एक दशक पुरा गर्दै डिशहोमको ‘प्लस मुभि’ च्यानल


काठमाडौं – टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिशहोमले सुरु गरेको ‘प्लस मुभि’ च्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोममा ‘मुभि अन डिमाण्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखि ‘प्लसमुभि’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल
डिशहोमका दर्शकहरु माझ अत्यन्त लोकप्रिय छ ।

नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मूभि’ च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ ।

यस च्यानलमार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।

‘प्लस मूभि’ सँगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स, कमेडीप्लस्, डीमुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लसजस्ता आफ्नै च्यानलहरु पनि प्रसारण गरिरहेको छ ।

प्रतिक्रिया