

माधव नेपालसहितलाई स्पष्टिकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

काठमाडौं– गुटगत गतिविधि गरेको भन्दै नेकपा एमाले संसदीय बोर्डले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
शनिबार बसेको संसदीय बोर्डले पार्टी अध्यक्ष र महासचिवलाई छलेर राष्ट्रिय भेलाका नाममा सहभागी भएका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधिने र नदिए कारबाहीसम्म गरिने बताएका थिए।

