सुर्खेत,नुवाकोट र कास्कीमा तीनजना मृत फेला


काठमाडौं–सुर्खेत,नुवाकोट र कास्कीमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१० बस्ने २५ वर्षीय सुनिल बादी बीरेन्द्रनगर नगरपालिका–२ चोक्टे स्थित भेरी नदीको किनारमा मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ गुरूङगाउँ बस्ने ३५ वर्षीया रिता दमाई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै कास्कीको पोखरा महानगरपालिका–२९ घोतघोते स्थित नहरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया