काठमाडौंमै बन्धक बनाएर किशोरीमाथि बलात्कार, एक पक्राउ


काठमाडौं–१६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपका काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका–१३ घर भएका २६ वर्षीय दिपेश मगर छन् ।

उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका–१२ स्थित घरमा विगत १०÷१२ दिनदेखि बन्धक बलात्कार गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया