५ वर्षीया बालिकालाई बलात्कार गर्ने ८० वर्षीय जुमनलाई ८ महिना कैद


सिरहा- पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाे कसुरमा गोलबजार नगरपालिका-९ का ८० वर्षीय जुमन मियाँलाई जिल्ला अदालतले ०८१ असार १६ गते आठ महिना कैद र सात हजार रुपियाँ जरीवानाको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकबहादुर कार्कीको एकल इजलासले सो फैसला गरेको हो । बलात्कारको मुद्दालाई बाल यौनदुरुपयोग कसुरमा परिणत गरी आरोपितबाट पीडितलाई २५ हजार रुपियाँ क्षतीपुर्ती समेत दिनु पर्ने फैसला भएको हो ।

आरोपितले बालिकालाई ०८० पुस ५ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस ६ गते उजुरी दिनु भएकाे थियाे ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस ६ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई पुस ६ गते गिरफतार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित पुस २५ गते देखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया