एमालेका मन्त्रीले किन दिएनन् राजीनामा ?  यस्तो छ कारण


काठमाडौं– नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने बताएपनि दिइसकेका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार समेत पुगेका थिए ।

सो भेटमा ओलीले राजीनामा दिन आग्रह गरेका थिए ।

तर एमालेले सरकारलाई दिएको समर्थन भने एमालेले फिर्ता गरेको छैन् ।

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा छन् ।

एमालेका एकजना मन्त्रीले १ बजेसम्म राजीनामा दिने बताएका थिए । तर उनीहरुले राजीनामा बुझाएका छैनन् ।

एमाले स्रोतका अनुसार राजीनामापछि उत्पन्न हुनसक्ने परिस्थितीका बारेमा कानुनी परामर्श भइरहेको छ ।

एक नेताले भने,‘प्रधानमन्त्रीले राजीनामा दिएपछि संवैधानिक व्यवस्थाअनुसार ठुलो दलको नेतृत्वमा सरकार बन्ने अवस्था आए के गर्ने ? यसका जटिलताहरु के–के छन् भन्नेबारे कानुनी परामर्शमा छौं । सबै कुरा टुङ्गीएपछि राजीनामा दिन्छौं ।’

प्रतिक्रिया