सँगै सरकार बनाउने भएपछि ओली, देउवा र गगनको हातमा हात


काठमाडाैं-  कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएकाे बेला एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गर्न उनी सानेपा पुगेका हुन् ।

ओलीलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दा तथा ओली र कांग्रेस महामन्त्री गगन थापाबीच कुराकानी भएकाे फाेटाे सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ । कुनैबेला एकअर्काको खेदो खन्न पछि नपर्ने तीनैजनाको यस्तो तस्बिरलाई नागरिकहरुले चासोका साथ हेर्दे सेयर गरिरहेका छन् ।

प्रदर्शनीमा एक सय ५१ वटा ऐतिहासिक महत्त्वका तस्बिरहरू रहेका छन् ।

प्रतिक्रिया