सलमान खानको हत्या गर्न २५ लाखको सुपारी, प्रहरी भन्छ-पाकिस्तानबाट एके–४७ ल्याउने तयारी थियो


काठमाडाैं- वलिवुड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले नयाँ खुलासा गरेको छ । लरेन्स गिरोहले सलमानलाई मार्न २५ लाखको सुपारी(ठेक्का) दिएको प्रहरीले जनाएको छ ।्

यस घटनामा पक्राउ परेका लरेन्स गिरोहका ५ जना अभियुक्तविरुद्ध प्रहरीले अहिले मुद्दा दायर गरेको छ ।

यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा रहेकाे प्रहरीले जनाएकाे छ  । यस बाहेक उनले जिगाना पेस्तोल पनि लिन खोजेका थिए जसबाटै पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो ।

१४ अप्रिलमा मुम्बईको बान्द्रा इलाकामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा रहेको सलमानको घर बाहिर मोटरसाइकलमा सवार दुईजनाले गोली हानेर भागेका थिए । गत महिना, मुम्बई पुलिस अपराध शाखाले राजस्थानबाट लरेन्स बिश्नोई गिरोहका एक सदस्यलाई अभिनेता सलमान खानको घर बाहिर गोलीबारीमा संलग्न आक्रमणकारीहरूलाई आर्थिक सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो ।

एक अधिकारीले अभियुक्तको पहिचान मोहम्मद रफिक चौधरी (३७) को रूपमा भएको बताए  उनी गोली प्रहार मुद्दामा पक्राउ परेका पाँचौं अभियुक्त हुन् । घटनामा पक्राउ परेका व्यक्तिसँग सोधपुछ गर्दा चौधरीको भूमिका बाहिर आएको अधिकारीले बताए ।

प्रतिक्रिया