![](https://kagajpatra.com/wp-content/uploads/2024/01/kshamadevi.gif)
छोरीको बिहेको केही दिनपछि शत्रुघन सिन्हा अस्पताल भर्ना
![](https://kagajpatra.com/wp-content/uploads/2024/07/shatrughan-sinha.webp)
काठमाडौं- बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केही दिन पछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना हुनुपरेको छ ।
बिहेपछि शत्रुघ्न सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ ।
शत्रुघनको करङमा गहिरो चोट लागेपछि अस्पताल भर्ना गरिएको छ । ७७ वर्षीय सिन्हा हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा त्रिणमूल कांग्रेसबाट चुनाव जितेर सांसद बनेका छन् ।
![](https://kagajpatra.com/wp-content/uploads/2023/08/small-V.gif)