प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ३ घण्टादेखि छलफल जारी


काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच ३ घण्टादेखि छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच छलफल जारी छ ।

प्रचण्ड भेट्न एमाले अध्यक्ष ९ बजे बालुवाटार पुगेका हुन् । उनीहरुबीच यसअघि हिजो पनि भेटवार्ता भएको थियो ।

के कुराले सुरु भएको थियो प्रचण्ड–ओली टकराव ? यस्तो छ भित्रि कथा

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

प्रतिक्रिया