अरुणले साथ छाडेपछि एक्लिएकी थिइन् रञ्जिता ! अब को बन्छ मन्त्री ?


काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी) लाई हटाएका छन् ।

यसअघि संसदीय दलमा कैलालीबाट निर्वार्चित सांसद अरुण चौधरी रञ्जिताको पक्षमा थिए ।

चारजना सांसद हुँदा अध्यक्ष समेत रहेकी श्रेष्ठलाई अरुणले साथ दिदै आएका थिए । तर उनले क्याम्प फेरेर रेशम चौधरीको साथ दिएपछि रञ्जिता एक्लिएकी हुन् ।

रञ्जितालाई दल नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा) ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् ।

गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जितालाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।

अब अरुण चौधरी मन्त्री बन्ने चर्चा छ । संसदीय दलले रञ्जिताको नाम सिफारिस गरेको उनै मन्त्री बन्नेछिन् । तर आन्तरिक विवाद चर्किदै गएको अवस्थामा उनलाई मन्त्रीका लागि सिफारिस गर्ने सम्भावना कम छ ।

प्रतिक्रिया