जोगीको भेषमा माग्न आएर महिलाको रिङ लुट्ने २ भारतीय पक्राउ


काठमाडौं – जोगीको भेषमा माग्न आएका दुई भारतीय पक्राउ परेका छन् ।

प्रहरीले जोगीको भेषमा घरमा माग्न आएका भारतको हरियाणाका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिनालाई चोरीको आरोपमा पक्राउ गरेको हो ।

उनीहरूले दुई दिनअघि काठमाडौंको सेतोपुलस्थित एक घरमा डेरा गरी बसिरहेकी महिलासँग भिख माग्ने क्रममा उनले कानमा लगाएका दुवै रिङ लुटेर लगेको प्रहरीको दाबी छ।

प्रहरीले उनीहरूको साथबाट लुटिएको भनिएका रिङ पनि बरामद गरेको छ।

प्रतिक्रिया