डा. गोविन्द केसीले स्थगित गरे पूर्वनिर्धारित अनशन


काठमाडौं- डा. गोविन्द केसीले पूर्वनिर्धारित अनशन स्थगित गरेका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गरी उनले शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको बताएका हुन् ।

दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै उनले न्यायाधीशद्वय डा.कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै आएका छन् । न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको उनको आरोप छ ।

डा. केसीले मागहरु यथावत राख्दै अनशन स्थगित गरिएको बताए ।

प्रतिक्रिया