
कोदालो हानेर भाउजूको हत्या
महोत्तरी- महोत्तरीमा भाउजुको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । औरही नगरपालिका-४ का ४६ वर्षीय रामजतन यादव पक्राउ परेका हुन् ।
घरायासी विवादको क्रममा उनले ४० वर्षीया भाउजु रीतादेवी यादवलाई कोदालो प्रहार गर्दा घाइते भएकी थिइन् । उपचारको क्रममा मृत्यु भएपछि रामजतनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनलाई अस्थायी प्रहरी पोष्ट कठुईर र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।



कागजपत्र |
