बैतडीमा गाउँकै विवाहित महिलामाथि जबरजस्ती गर्न खोजेको आरोपमा प्रेम पक्राउ


बैतडी-  बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी रहेका छन् । भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।

उनलाई गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

प्रतिक्रिया