

झापामा खोला किनारमा हात्ती मृत फेला

झापा- झापाको मेचीनगरमा बिहीबार बिहान हात्ती मृत फेला परेको छ । मेचीनगर–३ स्थित निन्दा खोलाको पश्चिमतर्फ धरधरे ग्राउण्ड नजिक मृत हात्ती फेला परेको हो ।
बिहानै भाले हात्ती मृत फेला परेको र शरीरमा देखिने प्रकारको कुनै पनि चोटपटक नरहेको स्थानीयले बताएका छन् ।
फुड पोइजनिङका कारण हात्ती मरेको हुनसक्ने डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले बताए ।

