प्रहरीले दुई महिनादेखि रोकिएको तलब पाउने


काठमाडौं – नेपाल प्रहरीका कर्मचारीले भने दुई महिनादेखि तलब पाउने भएका छन् । अर्थ मन्त्रालयले थप बजेट निकासा गरेपछि उनीहरुले तलब पाउने भएका हुन । यसअघि अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा प्रहरीले बैशाख र जेठ महिनाको तलब पाएका थिएनन् ।
तलब नपाएको समाचार कागजपत्रले प्रकाशन गरेको थियो ।


जोखिमपूर्ण पेशामा आवद्ध प्रहरीलाई नियमित तलब नआउँदा दैनिकी टार्न समेत समस्या भएको थियो ।
नेपाल प्रहरीमा झण्डै ८० हजारको दरबन्दी छ ।

मन्त्री र सांसदलाई नियमित तलब तर प्रहरीले दुई महिनादेखि पाएनन्

 

प्रतिक्रिया