पहिरोले घर पुर्दा ओखलढुङ्गामा एक जनाको मृत्यु, २ घाइते


ओखलढुङ्गा – अविरल वर्षापछि खसेको पहिरोले घर पुर्दा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ ।

ओखलढुङ्गाको चिसाङ्ग गढी गाँउपालिका ५ मा पहिरो खस्दा २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पहिरो खस्दा स्थानीय देवकुमारी खत्रीको मृत्यु भएको छ ।

पहिरोले किच्दा देवकुमारीका श्रीमान बावुराम खत्री र उनका छोरी मेनुका खत्री घाइते भएका छन् । उनीहरुको उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दा उनीहरुको घर र गोठ पुरिएको छ ।

 

प्रतिक्रिया