पहिरोले जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दीमा सडक अवरुद्ध


काठमाडौं– अविरल वर्षाको कारण पहिरो जाँदा जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दी गरी पाँच ठाउँमा सडक अवरोध भएको छ ।
जाजरकोट, भेरी नगरपालिका–१ रिम्नास्थित डोल्पा–जाजरकोट सडक खण्ड, कालिकोट खाँडाचक्र नगरपालिका–७ पिलीस्थित कर्णाली राजमार्ग, लमजुङ बेसीशहर नगरपालिका–६ खरखरेस्थित बेसीशहर–मनाङ सडक खण्ड अवरुद्ध भएको छ ।
यस्तै अछाम साँफेबगर नगरपालिका–१३ बुढाबगरस्थित साँफे–मार्तडी सडक खण्डमा र म्याग्दी रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया