ओसिनले चलाएको पहिलो एपिसोड नै विवादमा आएपछि ‘इट्स माई शो’का संस्थापक रिसाए


काठमाडौं- कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ विवादमा परेपछि कलाकार तथा टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताएका छन् । ‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामग्रीको हिस्सा बन्न चाहन्न ’ उनले भनेका छन् ‘तपाईंहरुको सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु । आगामी दिनमा पनि तपाईंहरुले रमाइलो गर्ने र गर्व गर्न सक्ने सामाग्री ल्याउन प्रतिवद्ध छु ।’

‘इट्स माई शो’का संस्थापक रहेका सुरजले आफू अहिले उक्त शो मा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् ।

‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद तानिएकाे थियाे । यसैसाता साे टक शोकाे पहिलो एपिसाेडमा स्वस्तिमा र अभिनेत्री साम्राज्ञी शाह अतिथिको रुपमा पुगेका थिए । ओसिन सिटौलाले होस्ट गरेको कार्यक्रममा गेम खेल्ने भन्दै अनमोल, जसिता लगायतका कलाकारका व्यक्तिगत कुराहरु गरिएको थियो ।

प्रतिक्रिया